
काठमाडौं, चैत १७ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई/दुईवटा र पनामा तथा सिंगापुरका एक-एकवटा कम्पनी परेका छन् ।
राष्ट्रसंघले प्योङयाङलाई तोकेरै गरेको यो अहिलेसम्मकै ठूलो दण्ड हो ।
प्रतिबन्ध लगाइएका तेल ट्यांकर र कार्गो पानीजहाजलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रुपमा रोक लगाइएको छ भने कम्पनीको सम्पत्ति पनि रोक्का गरिएको छ ।
प्रतिबन्धका कारण उत्तर कोरियाको आयात निर्यात सीमित हुन थालेको खबरमा उल्लेख छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्