२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पार्टी एकतामा कुनै बाधा–अड्चन छैन : रावल


0
Shares

शनिबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एकताको गृहकार्य अन्तिम चरणमा पुगेको भन्दै छिट्टै एकता हुने जिकिर गरे ।

उनले छिट्टै केन्द्रीय संयोजन समितिको बैठक बसेर तयार पारिएका दस्तावेज पारित गरी एकता प्रक्रिया अगाडि बढाइने बताए ।

नेता रावलले दस्तावेजलाई अन्तिमरुप दिन ढिलाइ भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअगाडि एकता हुन नसकेको दाबी गरे ।

पार्टी एकतामा कुनै बाधा–अड्चन नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपाल–भारतबीच रहेको व्यापार सम्बन्ध र पारस्पारिक हितका कुरालाई महत्व दिइने उनले बताए ।