३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


निजी विद्यालयमा ‘लुट’: कक्षा १ मा भर्ना गर्न ८८ हजार !


0
Shares

काठमाडौं, चैत १८ । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् ।

शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभावी शुल्क अशुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।

शिक्षा नियमावलीअनुसार संस्थागत(निजी) विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि सम्बन्धित निकायमा शुल्क प्रस्ताव गर्नुपर्छ । प्रस्ताव स्विकृत भएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्छ ।

अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपैंयाँको हाराहारीमा असुलिरहेका छन् । काठमाडौंमा रहेको ‘पाठशाला’ स्कुलले कक्षा एकमा नयाँ भर्नाका लागि ८८ हजार रुपैंयाँ तोकेको छ ।

पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार र मासिक शुल्क १३ हजार लिने निर्णय गरेको छ ।

त्यस्तै धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपैंयाँ लिन्छ । यसैगरी काठमाडौंकै मेरिडियन स्कुलले कक्षा १ मा भर्ना शुल्क ४२ हजार ७ सय ८० रुपैंयाँ तोकेको छ ।
-नागरिक दैनिकबाट