
अधिकारीहरुका अनुसार शनिबार राति एउटा कार अनियन्त्रित भई सडक छेउको सो भवनमा ठोक्किएको थियो । कारको ठक्करलगत्तै सो भवन भत्किएको बताइएको छ ।
उद्धारकर्ताहरुले घटनामा परी पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए । घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो ।
‘हामीले पुरिएका र च्यापिएका १२ जनालाई बाहिर निकालेका थियौँ, तीमध्ये दश जनाको मृत्यु भएको छ,’ प्रहरी निरीक्षक सन्जु कम्लेलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएको छ ।
उद्धारकर्ताहरुले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका छन् । भारतमा भवन भत्किएर हुने दुर्घटनाहरु बेला बेलामा भइरहेका हुन्छन् ।
गत बर्षको सेप्टेम्बरमा पनि मुम्बइमा ११७ बर्ष पुरानो अपार्टमेन्ट भवन भत्किदा ३० जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा आवासीय भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्