२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चीनबाट आउने रेल काठमाडौंमात्र नभई तराईसम्म पुग्ने प्रधानमन्त्रीको दावी


0
Shares

आइतबार बाराको सिमरास्थित बिषेश आर्थिक क्षेत्र सेजको गार्मेन्ट प्रशोधन केन्द्र शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले अब राजनीतिक खिचातानी समाप्त भएको बताए ।

विशेष आर्थिक क्षेत्रमा भाडा दर महँगो भएको भन्ने कुरा सुनेको भन्दै प्रधानमन्त्री ओलीले सबै परिवर्तन भए झैं यो पनि परिवर्तन गर्न सकिने भएकाले ढुक्क भई उद्योगमा जोड दिन आग्रह गरे ।

उनले चीनबाट आउने रेल काठमाडौंमा मात्र नभई तराइसम्मै आउने बताए ।

सेजको ८ सय ४३ बिगाहमध्ये ब्लक ए को १ सय ६० बिगाह क्षेत्रफलमा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माणाधीन छ ।