 
	    भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
‘भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ,’ वरिष्ठ चिकित्सक मजियार तहमासेवीले भने ।
दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ ।
भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।
गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए । (रासस/सिन्ह्वा)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्