चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो, अधिकांश हिस्सा वायुमण्डल मै नष्ट • Image Khabar Image Khabar


चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो, अधिकांश हिस्सा वायुमण्डल मै नष्ट


Imagekhabar
१९ चैत्र २०७४, सोमबार ०९:१५

चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो, अधिकांश हिस्सा वायुमण्डल मै नष्ट

‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ ।

केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन् ।

यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए । तर चीनले दावी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्