
प्रहरीका अनुसार २८ वर्षीया निमथोकी शेर्पालाई आइतबार उनकै श्रीमान पासाङ शेर्पाले कुटेका थिए ।
बेलुका ७ बजेतिर घरायसी वादविवाद हुँदा पासाङले निमथोकीलाई काठको मुडाले टाउकोमा प्रहार गरेको बताइएको छ । चोट लागेर गम्भिर घाइते निमथोकीलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमक ल्याइएकोमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।
कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्