१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कश्मिरमा सुरक्षाकर्मी र लडाकु समूहबीच संघर्ष, २० जनाको मृत्यु


0
Shares

द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ ।

कम्तिमा ७० जना घाईते भएका छन् ।

सुरक्षाकर्मीले गरेको कारवाहीका समयमा स्थानीयले प्रदर्शनसमेत गरेका थिए ।

प्रदर्शनका क्रममा हिंसा भड्किंदा प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण मारिएका छन् । एक जना लडाकुले आत्मसमर्पण गरेको अधिकारीहरुले जनाएका छन् ।

संघर्षका कारण करिब ३ हजार जनसंख्या रहेको गाउँमा स्थानीय फसिरहेका छन् ।

कश्मिरको दक्षिणी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी र लडाकुबीच संघर्ष चल्दै आएको छ । (एजेन्सी)