
डिल्लीबजार–कालिकास्थानस्थित सर्वनाम थिएटरको ३६औं स्थापना दिवसको अवसर पारेर आयोजित महोत्सवको पहिलो दिन सोमबार ‘अतिरिक्त आकाश’ नामक नाटक प्रस्तुत् गरियो ।
सो नाटकले नेपाली समाजमा देखिएका विभेद र छुवाछुतको विषयलाई उजागर गर्न खोजेको छ ।
महोत्सवमा बेलायत, भारत, चीनलगायतका देशका नाटकहरु प्रस्तुत् गरिने छ । महोत्सव चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्