२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इजरायली प्रधानमन्त्रीद्वारा आप्रवासी पुनर्स्थापित गर्ने राष्ट्रसंघीय सम्झौता स्थगित


0
Shares

आप्रवासीहरु बस्दै आएको दक्षिणी तेल अबिबका जनतासँग भेट्ने भन्दै उनले सम्झौता स्थागित गरेको बताइएको छ ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्थासँगको पाँच वर्षे सम्झौताअनुसार गैरकानुनी रूपमा इजरायल प्रवेश गरेका १६ हजारभन्दा बढी अफ्रिकी आप्रवासीहरू पश्चिमी देशहरूमा पुनर्स्थापित हुनेछन् । उनीहरु मध्ये धेरैले इजरायलमा शरण खोजिरहेका थिए ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आप्रवासीहरूलाई जर्मनी, इटली र क्यानाडामा पुनर्स्थापित गरिने जानकारी दिएका थिए ।

पश्चिमा मुलुकमा पुनर्स्थापित हुनेजत्तिको संख्यामा आप्रवासीलाई आफ्नो देशमा पनि अस्थायी बास दिइने उनको भनाई भयो । तर इजरायलको सर्वोच्च अदालतले आइतबार शुरू हुने भनिएको अवैध आप्रवासीको देश निकाला रोकिदिएको थियो । (एजेन्सी)