दुई अध्यादेश स्वीकृत • Image Khabar Image Khabar


दुई अध्यादेश स्वीकृत


Imagekhabar
२० चैत्र २०७४, मंगलवार १८:४०

दुई अध्यादेश स्वीकृत

गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरियोस्’ भनी पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

चिकित्सा शिक्षा अध्यादेशले शिक्षा र स्वास्थ्य क्षेत्रमा भेदभावपूर्ण व्यवहार गर्ने भएकाले पेस नगर्न भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्यादेश एकाएक आएको नभइ लामो शृखंलापछि आएको जनाउँदै चिकित्सा शिक्षालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने बहसपछि ल्याइएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्