काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हाे।
बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको हाे। कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, बिहीबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया र तराईमा आंशिक बादल लाग्ने भएकाे हाे। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यसेगरी बिहीबार राति भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे हाे ।
साथै कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । शतर्कता अपनाउन समेत महाशाखाकाे अनुराेध गरेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्