३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव


0
Shares

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाइरहेको खुलेको हो ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालु आवको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब लिइसकेकी छन् ।

तत्कालिन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आइ तलब बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ ।

०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट महेन्द्रबहादुर निर्वाचित भएपछि उनी पतिसँगै काठमाडौं बस्दै आएकी थिइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट