३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल


0
Shares

लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो ।

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी अन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो ।

नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिश्पर्धामा ९० अंक पाएको यो पहिलो पटक हो ।

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास वोर्डले जनाएको छ । –नागरिक दैनिकबाट