
एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना घाइते बनाएकी छिन् । उनले आफूलाई गोली हानी आत्महत्या गरेकी छिन् ।
गोली प्रहारबाट घाइते ३६ वर्षीय एक व्यक्तिको अवस्था गम्भीर छ । घाइते व्यक्ति उक्त महिलाको प्रेमी रहेको प्रहरीको आशंका छ । गोली लागेर ३२ र २७ वर्षीया दुई महिला घाइते भएका छन् । जसमध्ये ३२ वर्षीया महिलाको अवस्था नाजुक रहेको बताइएको छ ।
सैनब्रुनोस्थित यू–ट्यूब मूख्यालयमा करीब एक हजार सात सय कर्मचारी काम गर्दछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्