२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


१०६ अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेको चिनियाँ घोषणा


0
Shares

यसक्रममा बेइजिङले अमेरिकाबाट आयात गरिने सोयाबिन, कारलगायतका १०६ ओटा वस्तुमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ ।

अमेरिकाले लगाएको अतिरिक्त शुल्कको पनि चीनले कडारुपमा भर्त्सना गरेको छ । ‘अमेरिकी कदमले न त उसको न विश्व अर्थतन्त्रको हित गर्ने’ चीनको भनाइ छ ।

विश्व व्यापार संगठनअन्तर्गत् विवाद समाधानमा चीनले जोड दिएको छ ।

वासिङ्टनले २५ प्रतिशत भन्सार शुल्क बढाएको चीनबाट आयात गरिने १३ सय वस्तुको सूची सार्वजनिक गरेलगत्तै बेइजिङले यस्तो कदम चालेको हो ।

चीनले अभ्यास गरेको अनुचित बौद्धिक सम्पत्ति अधिकारको प्रतिक्रियास्वरुप त्यहाँबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरिएको ‘ह्वाइट हाउस’ले जनाएको छ ।

अमेरिकाले औषधिजन्य उत्पादन, टेलिभिजन, मोटरसाइकलजस्ता वस्तुलाई निशाना बनाएको छ ।

अर्थशास्त्रीहरुले चिनियाँ वस्तुमा लगाइएको अतिरिक्त भन्सार शुल्कका कारण अमेरिकी उपभोक्ताले उच्च मूल्य वृद्धिको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । (एजेन्सी)