२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलाममा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते


0
Shares

प्रकाश नेपाल (इमेज)

इलाम, मंसिर ६ । इलाममा बिहीबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

अपराह्न करिब पौने ५ बजे इलाम नगरपालिका–१, साँखेजुङस्थित कच्चीसडक खन्डमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जिपका चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सहचालक २० वर्षीय सुनिल गुरूङ र यात्री २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।

उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामबजारबाट देउमाई नगरपालिकाको शान्तिडाँडा, वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नम्बरको जिप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा चालक र सहचालकसहित पाँचजना सवार रहेको प्रहरीले जनाएको छ ।