दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल • Image Khabar Image Khabar


दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल


Imagekhabar
२३ चैत्र २०७४, शुक्रबार १३:४१

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल

उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो ।

‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै भने ।

अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठहर्‍याइएको छ । उनलाई १७ मिलियन डलर जरिवानासमेत तोकिएको छ ।

तल्लो अदालतले सुनाएको यो फैसलाविरुद्ध पूर्वराष्ट्रपति पार्कले पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । अदालतले फैसला सुनाउँदा उनी भने उपस्थित थिइनन् । उनलाई यसअघि नै हिरासतमा लिइएको छ ।

अदालत परिसर बाहिर उनका सयौं समर्थक भेला भएका थिए ।

उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । भ्रष्टाचार आरोपमा अपदस्थ हुनेमा पनि उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्