हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार • Image Khabar Image Khabar


हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार


Imagekhabar
२५ चैत्र २०७४, आईतवार ०८:४८

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ ।

आज बिहान तीन बजेतिर शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो । छातीमा गोली लागेका आचार्य श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

जतुवामा आजदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्