
पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका–१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।
शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ आउँदै गरेको ना७ख ३१२७ नम्बरको बसको पछाडी रहेको डिक्कीमा मकै र कोदोको बोरामा लुकाईछिपाई राखेको अवस्थामा अस्थाई प्रहरी पोष्ट झोताले चेकजाँच गर्ने क्रममा उक्त परिणामको चरेश फेला पारेको हो ।
उक्त बोरा रोकायाको रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिईएको डिएसपी कँडेलले जानकारी दिए ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बझाङ्ग प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्