
वैशाख २१ गतेदेखि राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा नेपालका चर्चित क्लबहरु पश्चिमाञ्चल भलिबल संघ, न्यू डायमन्ड एकेडेमी र जावलाखेल ट्रेनिङ सेन्टरसँगै तीन विभागीय टोलीबीच भिडन्त हुनेछ ।
नकआउटका आधारमा हुने पाँचदिने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
प्रतियोगिताको समापनमा अवसरमा प्रतिष्ठानले स्पेसल अवार्ड विजेता र सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ बराबरको टिसर्ट र घडी प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्