३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


बाल यौन दुराचारको आरोपमा क्यानाडेली नागरिक पक्राउ


0
Shares

काभ्रेको मन्डनदेउपुर नगरपालिका १ मा करिब १४ रोपनी जग्गामा विलासी भिल्ला बनाएर बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डालगिल्सलाई पक्राउ गरेको हो ।

दुई वर्षदेखि पटकपटक नेपाल आउने गरेका उनले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली विपन्न तथा गरिब वर्गका बालबालिका पढाइदिने गरेको खुलेको छ ।

प्रहरी अनुसन्धानमा १५ जनाभन्दा बढी बालकलाई बालयौन दुराचारमा लगाएको खुलेको छ । –कान्तिपुर दैनिकबाट