
सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्वप्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन् । फुकुदा यसअघि अध्यक्ष थिए ।
चीनका उपविदेशमन्त्री ली बाओडोङ सो फोरमको महासचिवमा नियुक्त भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुसँगै बीएफएको बोर्ड सदस्यमा १९ जना निर्वाचित भएका छन् । निर्वाचित अरु व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्वसरकारी उच्च अधिकारीहरु, व्यावसायिक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।
बीएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ
।
यस वर्षको बीएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ । बाओ चीनको दक्षिण द्वीप प्रान्त हैनान सहर हो ।
सो सम्मेलनको यसपटकको मूलनारा ‘विश्वकै समृद्धिका लागि खुला र नवीन एसिया’ रहेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्