१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कोलम्बियाका विद्रोही समूहका नेता लागु औषध तस्करी आरोपमा पक्राउ


0
Shares

१० टन कोकिन अमेरिकालाई निर्यात गर्न लागेको सूचनाका आधारमा उनी बोगोटामा पक्राउ परेका हुन् । कोलम्बियामा शान्ति सम्झौताका लागि मध्यस्थताको भूमिकासमेत निर्वाह गरेका उनलाई अमेरिकी सरकारको आग्रहमा पक्राउ गरिएको हो ।

सन् २०१६ मा कोलम्बियामा सरकारसँग भएको शान्ति सम्झौतामा मुख्य भूमिका निर्वाह गरेका उनलाई बगोटाको कारागारमा राखिएको छ ।

आगामी जुलाईमा कोलम्बियामा कांग्रेसको सीटमा रहने निश्चित भएका उनको यो हरकतले फार्क समूहमाथि ठूलो धक्का लागेको छ । (एजेन्सी)