Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


नेपाली ग्यास बुलेट सञ्चालन अझै अन्योलमा, भारत भ्रमणमा कुरा भए पनि टुंगो लागेन


0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तामा बुलेटसम्बन्धी छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बुलेटको सन्दर्भमा धारणा राखे पनि ठोस निष्कर्ष भने निस्केन ।

‘ओली भ्रमणको क्रममा छलफल भयो, मोदीले केही चासो राखे पनि टुंगो लागेको छैन,’ एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले भने, ‘बुलेट सञ्चालन नहुँदा व्यवसायीहरु धेरै मर्कामा परे ।’

उनका अनुसार प्रधानमन्त्री, मन्त्री, सचिवहरुको बैठकमा बुलेट सन्दर्भमा छलफल भएको थियो ।

आयल निगमले ०७२ असोजमा जारी सूचनाका आधारमा व्यवसायीले २०७३ असारमा ७ सय ७५ थानका लागि अनुमति पाएका थिए । सरकारी निर्णयअनुसार ग्यास उद्योगीहरुले ग्यास बुलेट बनाए पनि डेढ वर्ष बित्दा बिस्फोटक पदार्थ ओसारपसार गर्ने लाइसेन्स पाउन सकेका छैनन् । –कान्तिपुर दैनिकबाट