
करोडौं डलर अनियमितता गरेको आरोपमा न्यायाधीश डा. मोहम्मद हनाफीको इजलासले दुई आरोपीमध्ये एकलाई ५१७ वर्षको सजाय तोकेको हो । आरोपी पति–पत्नी रहेकोमा पत्नीलाई ५१७ वर्षको जेल सजाय तोकिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार आरोपीहरुले सञ्चालन गरेको विदेशी मुद्रा व्यापार कम्पनी ‘एक्सेन्सियल’ मा हजारौंले निवेश गरेका थिए । आरोपीमा सिडनी लेमोन्स र उनकी पत्नी वलानेसहित कर्मचारीसमेत थिए ।
भारतको गोवा निवासी उनीहरुविरुद्ध ५१५ अभियोगमध्ये प्रत्येकमा एक–एक वर्षको जेल सजाय सुनाइएको हो । त्यस्तै अन्य दुई अभियोगमा दुई–दुई वर्षको जेल तोकिएको छ ।
यो अनियमितताको खुलासा गत वर्ष भएको थियो ।
आरोपीहरुले अदालतको सो फैसलाविरुद्ध पुनरावेदन दिन सक्ने जनाइएको छ ।
आरोपीहरुले २५ हजार डलरको निवेशमा वार्षिक १२० प्रतिशत प्रतिफल दिने प्रलोभनमा कयौंको लगानी संकलन गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्