२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–१ मा सातओटा संसदीय समिति गठन


0
Shares

प्रदेशसभाको बुधबार बसेको बैठकले नियमावलीअनुसारका सातओटा संसदीय समितिमा रहने प्रदेशसभा सदस्यहरुको नाममा सहमति जुटाएको हो ।

प्रदेशसभाले १७ जना प्रदेशसभा सदस्य रहेको न्याय, प्रशासन तथा विधायन समिति, १३ सदस्य रहेको सुशासन तथ योजना समिति, ११ सदस्य रहेको अर्थ समिति र ९ सदस्य रहेको सार्वजनिक लेखा समिति गठन गरेको छ ।

यस्तै, १३ सदस्य रहेको सामाजिक विकास समिति, ११ सदस्य रहेको उद्योग पर्यटन तथा वातावरण समिति र १२ सदस्य रहेको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ ।

प्रदेश सरकारमा रहेका मन्त्रीबाहेक सबै प्रदेशसभा सदस्य संसदीय समितिमा रहेका छन् ।

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले समितिमा रहने सदस्यको नाम वाचन गरेका थिए ।

संसदीय समितिहरुले ‘मिनि संसद’कोरुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन् ।