१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हुरीले भारतको विश्वप्रशिद्ध धरोहर ताजमहलमा क्षति


0
Shares

अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित ताजमहलमा समेत क्षति पुगेको छ । ताजमहलको एउटा मिनार ढलेर क्षति भएको बताइएको छ ।

ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ ।

१३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ । करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरीले भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)