
बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो ।
सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भन्डारण गर्ने व्यवस्था मिलाएका थिए ।
लाओसकी ‘सरोगेट’ आमामार्फत् ती बालकको जन्म गत डिसेम्बरमा भएको हो भने यसबारेको खबर हालै सार्वजनिक भएको छ ।
दुर्घटना हुँदा भ्रूण नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो ।
कानुनी लडाइँपछि ती बालकका घर र मावलीतर्फ गरी चारैजना हजुरबुवा–हजुरआमाले भ्रूणको अधिकार पाएका थिए ।
चीनमा सरोगेसी गैरकानुनी भएकाले उनीहरु सरोगेसी कानुनीरूपमा सन्चालन हुने लाओसस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थामा पुगेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्