
प्रदेशसभाको बिहीबार बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू वर्षको तीन महिनाका लागि बजेट पेस गरेका हुन् ।
बजेटमा चालू खर्चतर्फ ५४ करोड ३४ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले अरु स्रोत नभएकाले संघीय सरकारले दिएको अनुदानबाटै बजेट बनाएको हो ।
बजेट पेस गर्दै मन्त्री आङ्बोले कानुन र संरचना अभावका कारण यो वर्ष प्रदेश सरकारले आफ्नै राजश्व संकलन गर्ने अवस्था नभएकाले अनुदानमार्फत् आएको रकमबाटै बजेट बनाइएको बताए ।
आगामी आर्थिक वर्षदेखि भने प्रदेश सरकारले आन्तरिक स्रोतसहित समेटेर बजेट निर्माण गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्