भारतमा हावाहुरीका कारण १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति • Image Khabar Image Khabar


भारतमा हावाहुरीका कारण १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार २०:२०

भारतमा हावाहुरीका कारण १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार प्रतिघन्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो ।

उत्तर प्रदेशको ब्राजनजिकै बुधबार राति भीषण वर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘अहिलेसम्म प्राप्त विवरणअनुसार आग्रामा ८ जनाको मृत्यु भएको छ भने चारजनाको मथुरामा र दुईजनाको फिरोजावादमा मृत्यु भएको छ’–एक अधिकारीले भने ।

विनाशकारी हावाहुरीले ताजमहलमासमेत क्षति पुर्‍याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

ताजमहल भारतको ऐतिहासिक प्राचीन सम्पदा हो । योे विश्वकै सात आश्चार्यमध्येको एक सम्पदाकारुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पनि हो ।

‘गत मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्सानी भएको छ । त्यसैगरी, अर्को ठाउँमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ’–एक अधिकारीले भने ।

भुइँतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

भारतीय सन्चारमाध्यमहरूले विनाशकारी हावाहुरी र वर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् । रासस/सिन्ह्वा

भारतमा हावाहुरीका कारण १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

प्रतिक्रिया दिनुहोस्