२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिरियामा फेरि आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी


39
Shares

सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै यसको विरोधमा सुरक्षा परिषदको आपतकालीन बैठकमा समर्थन जुटाउन रुस असफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।

उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् ।

सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए ।

यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरिपरिको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

यता, चीनले पनि हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ । (एजेन्सी)