‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’ • Image Khabar Image Khabar


‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’


Imagekhabar
२ बैशाख २०७५, आईतवार १३:३९

‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’

बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् ।

अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।

चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ ।

साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्