२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पूर्णिमाको हत्या ‘सँगै बस्ने केटाबाटै’


0
Shares

परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई सोमबार बिहान धापासीबाट पक्राउ गरेको हो ।

मृतक विकको शवलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ल्याएर परीक्षण गरिएको थियो ।

परिसरले सोमबार पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका (लिभिङ टुगेदर)मा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस