२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भिरबाट लडेर एकको मृत्यु


52
Shares

सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनास्थल सदरमुकामबाट टाढा रहेकाले शवलाई परीक्षणका लागि जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको प्रहरीको भनाइ छ । (रासस)