२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आयुर्वेद चिकित्सालयका निर्देशक घुस रकमसहित पक्राउ


0
Shares

निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत् विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगले मंगलबारै सेवाग्राहीसँग घुस रकम लिने सिरहा, कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरुले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग रु २० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । रासस