
चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे१झ २४३ नम्बरको गाडी मेलैनाउलीमा मंगलबार दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा चौरजहारी नगरपालिका–५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नम्बर–३ का तेजबहादुर बटाला, वडा नम्बर–४ का कमला बुढाथोकी, वडा नम्बर–२ का पार्वती न्यौपाने र वडा नम्बर–७ का रामप्रसाद आचार्य छन् ।
गाडीको ‘ब्रेकफेल’ भएर दुर्घटना भएको बताइएको छ ।
गम्भीर घाइते भएका प्रमुख शर्माको बायाँ हात र निधारमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अरु घाइतेको उपचार चौरजहारी मिसन अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते भएका प्रमुख शर्मालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्