१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


४० दिन अघि हराएका तामाङको शव फेला


0
Shares

विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई शव जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए ।

उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस)