कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजामामा’को निधन • Image Khabar Image Khabar


कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजामामा’को निधन


Imagekhabar
५ बैशाख २०७५, बुधबार ११:२३

कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजामामा’को निधन

काठमाडौं, बैशाख ५ । लोपोन्मुख कुसुन्डा जातिका ‘राजामामा’को निधन भएको छ ।

तनहुँको ब्यास नगरपालिका–१० डीही गाउँमा बस्दै आएका राजामामाको ७५ वर्षको उमेरमा आज आफ्नै घरमा निधन भएको हो ।

उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए । उनी आज बिहान ५ बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए ।

घरका सदस्यहरुले उठाएर चिया खुवाएको केहीबेरमै उनको निधन भएको बताइएको छ । राजामामा उच्च रक्तचापका बिरामी थिए ।

उनको निधनले लोपोन्मुख कुसुन्डा जातीलाई ठूलो क्षति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्