
काठमाडौं, बैशाख ५ । आज अन्तर्राष्ट्रिय सम्पदा दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।
हरेक वर्ष अप्रिल १८ तारिखमा विश्वभर सम्पदा दिवस मनाउने गरिन्छ ।
सम्पदा दिवस मनाइरहँदा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका अधिकांश सम्पदा लथालिंग अवस्थामा छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका ७ वटा सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो ।
तर भूकम्पले क्षति पुर्याएको तीन वर्ष भइसक्दासमेत ती सम्पदाको पुनर्निर्माणमा हुन सकेको छैन ।
विश्व सम्पदा दिवसकै अवसरमा विश्व सम्पदा उत्सव मूल समारोह समितिले २ वटा विश्व सम्पदालाई जोड्ने पदमार्ग बनाउन लागेको छ ।
यसै क्रममा समितिले विश्व सम्पदा सूचीमा परेका काठमाडौंको बसन्तपुर र स्वयम्भूसम्मको पदमार्गको फोटो पत्रकारहरुलाई अवलोकन गराएको छ ।
प्रतिक्रिया दिनुहोस्