
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको बताएका हुन ।
उनले अब सबै कर्मचारीले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताए ।
मन्त्री पण्डितले आर्थिक समृद्धिको अभियानमा मुलुक अगाडि बढी सकेकाले अनुुभवी र क्रियाशील कर्मचारीको खाँचो रहेको जानकारी दिए ।
काम गरिरहेका र काम गर्न सक्ने कर्मचारीलाई स्वेच्छिक अवकास दिने पक्षमा सरकार नभएको उनको भनाइ थियो ।
उनले स्वेच्छिक अवकास रोकेर सरकारले कर्मचारीको इच्छा वमोजिमको कार्यालय र घरपायक हुने गरी काम गर्ने वातावरण मिलाउन तयारी सरकारले गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्