१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फोरेन प्लिज फर नेपाल संस्था गठन, विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन आब्हान


0
Shares

काठमाडौं, बैशाख ५ । विदेशमा रहेका नेपालीलाई समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्दै अघि बढ्न आह्वानका साथ फोरेन प्लिज फर नेपाल संस्था गठन भएको छ ।

पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरको नेतृत्वमा गठन भएको संस्थाको रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे ।

अध्ययनको सिलसिला तथा अन्य कुनै कारणले विदेशमा पुगेकाहरुलाई स्वदेश फर्किएर मुलुक निर्माणमा लाग्न संस्थाले आह्वान गरेको छ ।

विदेशमा सिकेको शीप र आफूसँग भएको रकम नेपाल ल्याएर लगानी गर्नसमेत फोरेनले अपिल गरेको छ ।

विदेशबाट स्वदेश आएर राम्रंो काम गरेकाहरुको मोडेल प्रस्तुत गर्दै अन्य विदेशमा रहेका नेपालीलाई पनि स्वदेश फर्कन आफूहरुले अभियान चलाएको तुलाधरले बताए ।

मातृभूमीका लागि केही गर्न धेरै विदेशमा रहेका नेपाली इच्छुक भएको भन्दै उनले नेपालमा लगानीका लागि आउने अप्ठ्यारा फुकाउन आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा रक्षामन्त्री पोखरेलले अब मुलुक स्थायित्वको दिशामा गएको भन्दै लगानीमा भन्झट बेहोर्नु नपर्ने बताए ।

उनले सहयोग गर्ने प्रतिबद्धताभन्दा पनि अब संरचनासहितको काम कार्यन्वयनको आवश्यकता रहेको स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न देशमा लामो समय बसेर स्वदेश फर्किएकाहरुको सहभागिता थियो ।