२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतीयहरूले इन्टरनेटको आविष्कार गरेको दावी


0
Shares

महाभारतकालमा कौरव र पान्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसंग उद्धृत गर्दै उनले त्यतिबेला इन्टरनेटकोमात्रै नभइ भूउपग्रहकोसमेत प्रयोग हुने गरेको जिकिर गरे ।

त्रिपुरामा आयोजित एक कार्यशालालाई सम्बोधन गर्दै उनले ‘महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेको र यसको अर्थ त्यस समयमा पनि इन्टरनेट र भूउपग्रह रहेको’ जिकिर गरे ।

मुख्यमन्त्री देवको भनाइको भने सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ ।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव गत महिना त्रिपुराका मुख्यमन्त्री बनेका हुन् ।

२५ वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो । (एजेन्सी)