नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन • Image Khabar Image Khabar


नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन


Imagekhabar
५ बैशाख २०७५, बुधबार १८:५०

नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली बनाउने काम तत्काल रोकी त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

न्यायाधीशको नाम, हस्ताक्षर, थुनाका व्यक्ति छुटाउने पत्र पनि नक्कली नै बनाएको विषय निकै गम्भीर भएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि सर्वोच्च अदालतले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यस्ता विषय न्यायपालिकाका लागि गम्भीर र अक्षम्य अपराध भएकोसमेत सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्