२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पर्यटन प्रवद्र्धनका लागि पदयात्राः सात जिल्ला छुने यस्तो छ नयाँ पदमार्ग (भिडियो)


0
Shares

प्रकाश धौलाकोटी/ईमेज
तेह्रथुम, बैशाख ६ । प्रदेश नं. १ को पर्यटकीय मार्ग विकास तथा प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तीनजुरे-गुफा-पाथीभरा पदयात्रा गरेको छ ।

केन्द्रले पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्ग विकास र प्रचारका लागि पदयात्रा गरेको हो ।

प्रदेश नं. १ को पर्यटकीय मार्ग विकास तथा प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तीनजुरे-गुफा-पाथीभरा पदयात्रा सुरु गरेको हो ।

टोलीले गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाँचपोखरी, तीनजुरे, चौकी र मंगलबारे हुँदै गुफापोखरीसम्म पदयात्रा गरेको छ ।

पदयात्रीको टोलीले यहाँ पाइने विभिन्न प्रजातिका गुराँस, प्राकृतिक मनोरम दृश्यहरु र डाँडाकाँडा तथा पोखरीहरुको अवलोकन गर्दै मेन्छ्यायेम डाँडाबाट सुर्योदयको दृश्य अवलोकन गरेका छन् ।

पदयात्राको माध्यमबाट गुराँसको राजधानी क्षेत्रको संरक्षण, प्रचार र पर्यटन प्रवद्र्धनका सम्भावनाहरुको खोजी गर्न प्रयास गरिएको ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष रमेश बराल बताउँछन् ।

धरानबाट धनकुटा, हिले, बसन्तपुर र गुफापोखरी हुँदै ताप्लेजुङको पाथीभरा दर्शन गरेपछि टोलीले पाँचथर र इलाम घुमेर फर्कन मिल्ने नयाँ पर्यटकीय पदमार्ग विकासका लागि पदयात्रा गरिएको आयोजक समितिका संयोजक टंक श्रेष्ठ बताउँछन् ।

एमाले सचिव एवम् ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई र संखुवासभाका सांसद राजेन्द्र गौतम सहितको पदयात्रा टोलीले टिएमजे क्षेत्र र यहाँका डाँडाबाट देखिने कन्चनजंघा सहित ५ वटा आठ हजार मिटर माथिका अग्ला हिमालहरुको दृश्यावलोकन, फुङफुङे झरना, तिङवुङ पोखरी र पाथीभरा क्षेत्रको पर्यटन विकासमा लगानी गर्न जोड दिएका छन् ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङका यी क्षेत्रहरुको एकीकृत पर्यटन विकास र पर्यटकीय मार्ग विकासका लागि निर्माणाधीन मदन भण्डारी लोकमार्गले सहयोग पु¥याउने संखुवासभाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतम बताउँछन् ।

पदयात्रामा सहभागी पर्यटन व्यवसायी, राजनीतिज्ञ र सन्चारकर्मीहरुले यी क्षेत्रका अलौकिक, प्राकृतिक र धार्मिक महत्वका स्थलहरुको विकास, प्रचार र पर्यटन प्रवद्र्धनका लागि आवश्यक पुर्वाधार निर्माणमा लगानीको खाँचो रहेको औल्याएका छन् ।

भिडियो