२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आन्दोलनमा उत्रिएका १० हजार जना भन्दा बढी नर्स बर्खास्त


0
Shares

काठमाडौं, बैशाख ६ । सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका १० हजारभन्दा बढी नर्सलाई जिम्बाबे सरकारले बर्खास्त गरेको छ ।

आन्दोलनमा उत्रिएका नर्सका माग सम्बोधन गर्न सरकारले केही हदसम्म वृद्धि गरेको पारिश्रमिक अपुग भएको भन्दै पुनः आन्दोलन चर्काएपछि उनीहरुलाई बर्खास्त गरिएको हो ।

नर्सहरुको आन्दोलनलाई कमजोर बनाई काममा फर्काउने रणनीति समेत बनाउन उनीहरुलाई बर्खास्त गरिएको आंकलन गरिएको छ ।

केही समयअघि सेवा सुविधा बढाउनुपर्ने माग राख्दै डाक्टरहरुले पनि आम हड्ताल गरेका थिए ।

नर्सहरु हड्तालमा उत्रिएपछि बिरामीको हेरचाह र उपचार नै प्रभावित भएपछि उनीहरुको जीवनरक्षाका लागि पछिल्लो कदम चाल्न बाध्य भएको जिम्बाबे सरकारले जनाएको छ ।

बर्खास्त गरिएका नर्सहरुको स्थानमा बेरोजगार र सेवा निवृत्त नर्सलाई नयाँ अवसर प्रदान गर्ने जिम्बाबे सरकारले जनाएको छ ।

यद्यपी सरकारको पछिल्लो कदमपछि पनि नर्सहरुले आफ्नो आन्दोलन भने जारी नै राख्ने जनाएका छन् ।(एजेन्सी)