
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निर्देशनअनुसार आइसीसीको प्रतिनिधिसहित बिहीबार र शुक्रबार क्यानको विशेष साधारणसभा चल्नेछ ।
क्यानको यो विशेष साधारणसभामार्फत् विधानको विवादित बुँदाहरुको संशोधन हुने र आइसीसीले लगाएको निलम्बन फुकुवा हुने विश्वास लिइएको छ ।
क्यानको विशेष साधारणसभाको उदघाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटको विवाद समाधानका लागि अब सबै सरोकारवाला पक्षहरु एक ठाउँमा उभिनुपर्ने समय आएको बताए ।
प्रतिक्रिया दिनुहोस्