प्रदेश–१ मा प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा सर्वदलीय छलफल • Image Khabar Image Khabar


प्रदेश–१ मा प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा सर्वदलीय छलफल


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १७:२६

प्रदेश–१ मा प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा सर्वदलीय छलफल

प्रदेश सरकार गठन भएको दुई महिनापछि औपचारिकरुपमा यो विषयमा छलफल चलाइएको हो ।

गत फागुन ३ मा सरकार बनेपनि मुख्यमन्त्री शेरधन राईले बिहीबार संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानीलगायतका विषयमा छलफल गरेका हुन् ।

प्रदेश सरकारको नामाकरण र स्थायी राजधानीको विषयले प्रदेशसभामा भने प्रवेश पाएको छैन ।

मुख्यमन्त्रीको आवास रहेको राष्ट्रिय वाणिज्य बैंकको हलमा भएको सर्वदलीय बैठकपछि मुख्यमन्त्री राईले छिट्टै प्रदेशको नामाकरण र स्थायी राजधानीकाबारेमा टुंगो गरिने बताए ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका विषय प्रदेशसभाबाट छिट्टै टुंग्याउनुपर्ने भएकाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरिएको उनले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्