
जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि यही वैशाख ९ गतेसम्म सन्चालन हुनेगरी जिल्लास्तरीय प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा जिल्लाभरिका माविस्तरका प्रतियोगीहरुबीच प्रतिस्पर्धा हुनेछ भने ५० भन्दा बढी विद्यालयको सहभागिता रहने जनाइएको छ ।
छात्र तथा छात्रा भलिबल, एथ्लेटिक्स, तेक्वान्दो र कराँतेका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गराइनेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगिताको बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।
प्रतिक्रिया दिनुहोस्